स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज

काठमाडौँ । बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ । बुधबार काठमाडौँबाट नेपालगञ्ज उडेको जहाज अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा स्यालसँग ठोकिएको बुद्ध एयरले जनाएको छ ।

कम्पनीका अनुसार कल साइन 9N-AJX रहेको जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किंदा जहाजमा सामान्य क्षति पुगेको कम्पनीले जनाएको छ । दुर्घटनामा चालक दलसहित सबै यात्रु सुरक्षित छन् । कम्पनीले काठमाडौँबाट छुट्टै खाली जहाज पठाएर नेपालगञ्जमा रहेका यात्रु ल्याएको जनाएको छ ।

विमानस्थल सुरक्षा निकायले ध्यान नदिँदा विगतमा पनि यस किसिमका दुर्घटना भएको भन्दै कम्पनीले यस विषयमा ध्यान दिनसमेत विमानस्थल सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *