ओपोद्वारा ‘डुअल साइड्स’ र ‘र्याप एराउण्ड स्क्रिन’ फोनको प्याटेन्ट दर्ता

काठमाडौँ । स्मार्ट फोन उत्पादक कम्पनी ओपोले डुअल साइड्स र र्याप एराउण्ड डिस्प्ले सहितको विशेषतायुक्त स्मार्ट फोन उत्पादनका लागि प्याटेन्ट दर्ता गराएको छ ।

वल्र्ड इन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ)मा उक्त फोन उत्पादनका लागि प्याटेन्ट दर्ता गराएको हो । प्याटेन्टमा फोनको अगाडि र पछाडि दुबैतर्फ उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ । प्याटेन्टभित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखा चित्र र योजना सम्मिलित छन् ।

यद्यपी, यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन । तथापी, अवधारणाका निर्माता र लेट्सगोडिजिटलसँगको सहकार्यमार्फत यस ओपो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको छ । यसलाई हेर्दा ओपोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको जनाएको छ ।

रेन्डर्सलाई आधार मान्दा ओपोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेका छन् । यसमा कम्पनीले कर्भ्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन । तस्विरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्रा(थिन स्टील प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओपोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।

यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्याशका साथमा चार ओटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भाग सम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको र्यापएराउण्ड बायाँपट्टी रहेकाले उपकरणको दायाँ पट्टी भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।

ओपोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाईँ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ । तथापी, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ । योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइ हालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ । तथापी ओपोको सोच भने निकै नयाँ र पृथक रहेको मा दुई मत छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *