टेलिकमले पायो फाइभजी परीक्षण अनुमति

काठमाडौँ । नेपाल टेलिकमले मोबाइल इन्टरनेट फाइभजी परीक्षणका लागि अनुमति पाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई परीक्षणको अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताएका छन् ।

अनुमति पाएकोले अब फाइभजी सञ्चालका लागि आवश्यक सामानको व्यवस्थापन गरी करिब ४ महिनाभित्रमा परीक्षण सञ्चालनमा ल्याउन सकिने टेलिकमले जनाएको छ ।

एक वर्षसम्म फाइभजी परीक्षण गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *