नेप्से १ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार

काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ ।

यस दिन १.८२ अंकले नेप्से बढेर परिसूचक २७३४.९३ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेको छ ।

यस दिन कारोबारमा आएका २ सय २७ कम्पनीका ७४ लाख ४५ हजार २ सय २७ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रुपैयाँमा कारोबार भयो ।

यस दिन १३ उपसूचकहरु मध्ये र्बैंकिङ, ट्रेडिङ र जीवन बीमा समूहबाहेकका सम्पूर्ण सूचक बढेका छन् ।

यस दिन मैलुङखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *