मनकामना केबलकार २४ वर्षमा

काठमाडौँ । मनकामना केबलकार सञ्चालनमा आएको २४ औँ वर्षमा प्रवेश गरेको छ । यही मंसिर ८ गतेदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताएको छ ।

केबलकार सञ्चालनमा आएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अगाडी आएको कम्पनीले बताएको छ । यही अवसरमा कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ ।

केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो । रिसोर्टमा रेष्टुरेन्टसँगै एक सय सिट क्षमताको कन्फरेन्स हल रहने छ । रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *