कांग्रेस महाधिवेशन : गण्डकी सभापतिमा कास्कीकै ३ दाबेदार

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनका लागि सभापतिमा कास्कीबाट मात्रै ३ जनाको दाबी छ । पूर्वमन्त्री यज्ञबहादुर थापा, पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

चालिसेले केही बेरमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ भने अन्यले आन्तरिक तयारी गरिरहेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै चालिसेको सभापतिमा उम्मेदवारी घोषणा भैसकेको थियो ।

उनी कास्की २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै, थापा कास्की १ र शर्मा कास्की ३ बाट महाधिवेशन प्रतिनिधि बनेका छन् ।  गण्डकीमा प्रदेश अधिवेशन मंसिर १६ गते हुँदै छ । चालिसे, थापा र शर्मा तीनै जना २०७४ को निर्वाचनमा कास्कीबाट पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *