इस्लिङटन कलेजका विद्यार्थीद्वारा सीप प्रदर्शन

काठमाडौँ । इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सिप प्रदर्शन गरेका छन्। अध्ययनको क्रममा सिकेका र आफूले जिम्मा लिएका प्राबिधिक परियोजनालाई चिनाउन एफवाइपी सोकेस (प्रदर्शनी कार्यक्रम) आयोजना गरिएको हो।

विशेषगरी सूचना प्रबिधिसँग जोडिएका विषयलाई केन्द्रित गरी विद्यार्थीले परियोजना तयार गरेका थिए। पढाईको क्रममा सिकेका ज्ञान, क्षमता र विचार विषयवस्तुलाई प्रबिधिमार्फत कार्यन्वयन गर्न कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।

पढाइपछि स्वदेश वा विदेश अध्ययन गर्न र रोजगारीको अवसर सिर्जना गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए।

उनले भने ‘निर्धारित कोर्ष पुरा गरेपछि क्षमता अभिवृद्धीका लागि सजिलो हुने उद्देश्यले प्रदर्शनी आयोजना गरेका हौँ। प्रर्दशनीमा विद्यार्थीले परियोजनाको बारेमा एक अर्कालाई जानकारी गराएका थिए।’

विद्यार्थीले लेगेसी सिस्टम, एनोभेटिभ सिस्टम, हालको समस्या तत्कालै समाधान गर्ने विभिन्न विषयवस्तु समेटिएको एप्लिकेसन तयार गरेका थिए।

विद्यार्थीले जिम्मेवार प्राप्त परियोजना प्रयोजनको लागि तयार गरेको हस्तकलामा नेपालमै निर्मित सामग्री प्रदर्शनी थियो। करिब २५ स्टलमध्ये केही सूचना प्रबिधि, कुनै हस्ताकलाको सामग्री राखेका थिए।

विद्यार्थीले आफै सक्षम हुनका लागि बिजनेश स्ट्राटिजी विषयमा जानकारी गराएका थिए।

मल्टनेस्नल ग्राहकलाई कसरी सन्तुष्टी बनाउने, उत्पादन गरेको सामान बिक्री गर्न कस्तो ब्यवहार गर्ने, दैनिक जीवनमा आइपर्ने समस्या कसरी समाधान गर्न लगायतका विषय सिकाइएको थियो।

प्रदर्शनीमा कन्ट्याक्टलेश पेमेन्ट सिष्टम, ट्राभलबडी भर्चुअल ट्राभल गाइड, थ्रिडी प्रिन्टर लगायतका वस्तुबारे जानकारी गराइएको थियो ।

दुईदिने प्रदर्शनी मंगलबार सकिएको हो। प्रदर्शनीमा कलेजका विद्यार्थी,अभिभावक र विशिष्ट अथितिहरुको उपस्थिति थियो।

भिडको कारण दुईवर्षदेखि रोकिएको प्रदर्शनीले यो वर्षबाट निरन्तरता पाउने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *