कोका–कोलाको अन–ग्राउन्ड एक्टिभेसन सम्पन्न

काठमाडौं ।कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीहरुप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ ।

महामारीको समयमा सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्धेश्यको साथ सञ्चालन गरिएको उक्त एक्टिभेसन कार्यक्रम गरेको हो ।

उक्त अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रममा कोका–कोलाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौँ) र ह्याम्स अस्पताल (काठमाडौँ) लगायत नेपालको प्रमुख ५ कोभिड अस्पतालहरुसँग आबद्ध भएको थियो ।

यस्तैगरी, एम्बुलेन्स सेवा प्रदायक ‘नेपाल एम्बुलेन्स सेवा’, ‘वुमन फर ह्युमन राइट्स’ र क्रिएशन इनको सञ्चालनअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पुर्याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोका–कोलाले सहकार्य गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *