नेप्से ३२ अकंले घट्यो, कारोबार रकम ४ अर्ब

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार(नेप्से) परिसूचक ३२.२९ अङ्कले घटेको छ ।

मंगलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २७३३.१४ बिन्दुमा आइपुगेको पुगेको छ ।

सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५१५.४८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १वटा उपसमूह मात्र बढेको छ भने बाकि सबै उपसमूहका सूचक घटेका छन् ।

मंगलबार २ सय २७ कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यसदिन मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *