शाओमीको मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा

काठमाडौं । शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ ।

छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मsf लागि यी उपकरणहरु अत्यन्त उपयोगी रहेको कम्पनीले जनाएको छ ।

मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर भएको कम्पनीले दाबी गरेको छ । मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर गुणस्तरीय एबीएसबाट बनेको र यसमा करेन्ट/प्रिसेट टायरको चाप हेर्न मिल्ने एलईडी डिस्प्ले स्क्रीन र बिल्ट-इन २००० : एमएएचको लिथियम ब्याट्री रहेको पनि कम्पनीको भनाइ छ ।

यस उपकरणले ०-१५० पीएसआईसम्मको कुनै पनि टायर फुलाउन सक्ने र कार, मोटरसाइकल, साइकललगायत फुटबल/बास्केटबल आदि जस्ता खेलकुद उपकरणहरूका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *