परशुरामका मेयर बने कांग्रेस डडेल्धुराको सभापति

काठमाडाैँ । नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन् । सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।

साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए । साउँद परशुराम नगरपालिकाका मेयर पनि हुन् । यस्तै‚ उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् ।

उपसभापति द्वय अवस्थी र जोशी निर्विरोध निर्वाचित भएका हुन् भने सचिव पदमा भने निर्वाचन भएको थियो । यस्तै‚ सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

निवर्तमान सभापति कर्ण मल्ल समूहले भने क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै अधिवेशन प्रक्रिया बहिस्कार गरेको थियो । डडेल्धुरामा पुन:निर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *