जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

पोखरा । नेपाली कांग्रेस स्याङ्जाका पार्टी सभापति बुद्धिबहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी पराजित भएका हुन् ।

पार्टी सभापति कमल पंगेनीकाे निधन भएपछि तत्कालीन सचिव राना कार्यवाहक सभापति थिए । उनी अहिलेको निर्वाचनमा पनि सभापतिमा उठ्ने तयारी गरेका थिए । तर उनकाे सभापतिको यात्रा टुङ्गिएको छ ।

स्रोतका अनुसार सभापतिमा उठ्ने भएपछि उनलाई विपक्षी खेमाले पराजित गर्न भूमिका खेलेको थियो । उनले ४३७ मत पाए । स्याङ्जाका अर्का नेता राजु थापाले ८२३ मत सर्वाधिक भोट ल्याएर जितेका छन् । उनी पनि सभापतिका उम्मेदवार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *