सिन्धुपाल्चोकको सर्सिङमा आगलागी हुँदा ३ बालकको जलेर मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ सर्सिङमा आगलागी हुँदा ३ बालकको जलेर मृत्यु भएको छ ।  सोमबार साँझ झन्डै ७ बजे सन्च तामाङको घर नजिकैको एक तले गोठमा आगलागी हुँदा उनीहरूको जलेर मृत्यु भएको  सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले मकालुखबरलाई जानकारी दिए ।

मृत्यु हुनेहरूमा सन्च तामाङकाे ६ वर्षीय छोरा मनोज तामाङ, सुकमान तामाङको छोरा ५ वर्षीय मनिष तामाङ र साइला तमाङको छोरा ५ वर्षीय दिलबहादुर तामाङ  छन् । उनीहरू खेल्न गएका बेला आगलागीमा परेका थिए ।

स्थानीय र प्रहरीको सक्रियतामा  राति झन्डै साढे ८ बजे आगलागी नियन्त्रणमा आइसकेको डिएसपी बस्नेतले बताए ।  आगलागीमा परी अन्य क्षति नभएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *