प्लाई उद्योगमा आगलागी, ५ करोडको क्षति

झापा । विर्तामोड नगरपालिका–२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ । साेमबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।

विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो । आगलागी हुनुको कारण र यकिन क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *