मिदासद्वारा डाक्टरसँग ‘अनलाइन अपोइन्टमेन्ट’ सेवा सञ्चालनमा

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित मिदास टेक्नोलोजीले अस्पातालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत ‘अनलाइन अपोइन्टमेन्ट’ लिन सक्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो सेवा हाललाई वीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत कम्पनीले जनाएको छ ।

यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभसाइट मेरो डक्टर डटकम मार्फत पनि उल्लेखित अस्पतालका अनलाइन ओपीडी टिकट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *