नेपाल बङ्गलादेश बैंकका अध्यक्ष शकिबद्वारा शपथ ग्रहण

नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिका अध्यक्ष एआरएम नजमुस शकिबले शपथ ग्रहण गरेका छन् ।

अध्यक्ष ए।आर।एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंकको उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा सोमबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

सञ्चालक समितिको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको थियो ।

बैंकले हाल देशभर १ सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *