पाटा नेपालले गर्यो नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन तथा बीटूबी एक्सचेन्ज कार्यक्रम

काठमाडौं । पाटा नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा नोभेम्बर १६ देखि २१ सम्म ‘नेपाल–बंगलादेश पर्यटन प्रवर्द्धन र बीटूबी एक्सचेन्ज’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ ।

पाटाको नेपाल र बंगलादेश च्याप्टरहरु बीचको यो संयुक्त सहकार्यमा सम्पन्न उक्त कार्यक्रम कोभिड–१९ पश्चातको पर्यटन पुनरुत्थानका लागि आवश्यक पहलको रूपमा दुई छिमेकी राष्ट्रहरू बीचको आन्तरिक र बाह्य पर्यटन लाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एकअर्काको गन्तव्यहरू प्रवर्द्धन गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको पाटाले जनाएको छ ।

पाटा नेपालले आफ्ना सदस्य र साझेदार संस्थाहरूको सहयोगमा बंगलादेश पर्यटन बोर्डका उप निर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटरहरू, २ संचारकर्मी र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका २ विद्यार्थीहरू सहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत नोभेम्बर १७ देखि १९ सम्म बंगलादेशी प्रतिनिधिहरूका लागि आयोजना गरिएको पोखराको परिचयात्मक भ्रमणका क्रममा १८ नोभेम्बर का दिन होटल बाराहीमा पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवा प्रदायकहरुको उत्साहजनक सहभागिता सहित ‘पर्यटन नेटवर्किङ र अन्तरक्रिया सत्र समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *