ज्योति विकास बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सञ्चालनमा

काठमाडाैँ । ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेबसाइट ज्योतिस्मार्ट डट जेबीबीएल डट कम डट माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुचारु गरेको हो ।

बैंकले मंसिर ५ गतेदेखि डिजिटल बैंकिंग सेवालाई लाई थप प्रबर्द्धन गर्दै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको हो ।

ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसँगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धि जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एप बाटै तोक्ने, सेल्फ–एकाउन्ट लिङ्क, अनलाइन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ्ग सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन्। त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले सेल्फ रजिस्टर गरी बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी जानकारी पाउन सक्ने छन् ।

यो सुविधा नयाँ प्रयोगकर्ता हरुले एपस्टोर अथवा प्लेस्टोरबाट एप डाउनलोड गरी र पुराना प्रयोगकर्ताहरुले एपलाई अपडेट गरी नयाँ सेवाहरूको लाभ लिन सक्नेछन्। बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *