‘यूवासँग महालक्ष्मी’ कार्यक्रम सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको यूवासँग महालक्ष्मी लाइफ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ ।

कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास उप्रेतिले गरेका थिए ।

कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक श्री प्रशान्त राज धमलाले प्रदान गरेका थिए ।

पिपुल्स बहुमुखी क्याम्पस, बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण रामेश्वर श्रेष्ठले र मन्तव्य प्रमुख अतिथि प्रशासन प्रमुख श्री पुष्पराज कोइरालाले दिका थिए ।

सोही दिन कम्पनीले भीम मावि म्याग्दी पालिका ५ देविस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवासहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर घर्ति मगरले गरेका थिए भने प्रमुख अतिथि कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *