सेयर बजार ११ अंकले घट्यो, साढे ४ अर्बकाे काराेबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार (नेप्से) परिसूचक ओरालो लागेको छ । यस दिन बजार ११.६० अंकले घटेर २७५७.५३ बिन्दुमा ओर्लिको छ । सेन्सेटिभ सूचक समेत ३.७५ अंकले घटेर ५१८.२५ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कारोबारमा आएका २ सय २५ कम्पनीका ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता सेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रुपैयाँमा किनबेच भएको छ ।

यस दिन नारायणी डेभलपमेन्ट विकास बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेका छन् ।

त्यस्तै, जलविद्युत् र उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहको परिसूचक ओरालो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *