पतञ्जलीका टीभी च्यानलबारे छानबिन शुरु, भोलि प्रतिवेदन बुझाइने

काठमाडौँ । नेपालमा उद्घाटन गरिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानलले प्रसारणको इजाजत लिए/नलिएको बारे सूचना तथा प्रसारण विभागले छानबिन थालेको छ ।

च्यानलहरूले प्रसारण अनुमति नलिएको भन्ने समाचार सञ्चार माध्यममा आएपछि नलिएकोलगायतबारे छानबिन गर्न विभागका प्राविधिक निर्देशकको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले मकालुखबरलाई जानकारी दिए ।

समितिले काम थालिसकेको र भोलिसम्ममा अध्ययन प्रतिवेदन बुझाइने हमालले जानकारी दिए ।

दुई टीभी च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *