नेपाल लिक्वेर्सले राज्यलाई वार्षिक ३ अर्ब कर बुझाउँदै आएको छ (भिडिओ)

उत्पादन, लगानी र रोजगारी
नेपाल लिक्वेर्सले नेपालको मदिरा उत्पादन बजारमा ह्वीस्की सेगमेन्टको नेतृत्व गरिरहेको छ । यो सेगमेन्टमा हामी राम्रो ‘पोजिशन’मा छौँ । हामीले मदिरा उत्पादन र वितरणमा वार्षिक जुन लक्ष्य तय गरेका छौँ, त्यो पूरा गर्दै आएका छौँ । अहिले हामीले एन्टिक्वीटी ब्लु, सिक्नेचरका दुई ओटा सेगमेन्ट, म्याक्डोवेल्स, मिस्टर डोवेल्स नम्बर १ लग्जरी भन्ने नयाँ उत्पादन भर्खरै हामीले बजारमा ल्याएका छौँ । ब्लु रिबान्ड जिन जस्ता उत्पादन बजारमा ल्याएका छौँ । उद्योगमा हामीले राम्रै लगानी गरेका छौँ । नेपाल लिक्वेर्समा ३ सयभन्दा बढीले उद्योगबाट रोजगारी पाउनु भएको छ ।

मानव स्वास्थ्य
मानवीय दृष्टिबाट हेर्दा हरेक उपभोक्ताको स्वास्थ्य महत्वपूर्ण छ । सबै उपभोक्ता स्वस्थ रहनुपर्छ । त्यसो हुँदा हामीले उत्पादनको गुणस्तरमा सम्झौता गरेका छैनौँ । त्यस्तै, अत्यधिक वा एकै समयमा बढी मदिरा पिउँदा स्वास्थ्यलाई हानी गर्छ । त्यसो हुँदा हामी व्यवस्थित र सन्तुलित मदिरा पानमा जोड दिन्छौँ । आफ्नो स्वास्थ्यलाई ख्याल गरेर नै मदिरा पान गर्दा उपयुक्त हुन्छ भन्ने कुरा हामीले उपभोक्तालाई बताइरहेका छौँ ।

भिडिओ :

कर संकलन र घरेलु मदिरा
नेपाल लिक्वेर्सले अन्तःशुल्क र मूल्य अभिवृद्धि कर(भ्याट) गरी राज्यलाई वार्षिक ३ अर्ब राजस्व बुझाउँदै आएको छ । १ नम्बर प्रदेशमा हामी सबैभन्दा बढी कर बुझाउने मदिरा उद्योगमा पर्छाैँ

घरेलु मदिराको बढ्दो उत्पादन र बिक्रीबाट स्वास्थ्यलाई हानी गरिरहेका विभिन्न घटनाले पुष्टि गरेका छन् । घरेलु मदिराको गुणस्तर अनुगमन हुँदैन । अर्को कुरा घरेलु मदिरा उत्पादनबाट राज्यलाई राजस्वसमेत प्राप्त हुँदैन । त्यसो हुनाले व्यवसायिक रुपमा उत्पादन गरिने त्यस्तो मदिरा उत्पादन र प्रयोग नगरौँ भन्ने हाम्रो भनाइ हो । घरेलु मदिरा नेपालकाका विभिन्न समुदायको संस्कृति र सँस्कारसँग पनि जोडिएको महत्वपूर्ण विषय समेत हो । त्यसो हुँदा राज्यले तोकेको मापदण्डअनुसार घरेलु मदिरा उत्पादन र प्रयोगमा हामीले जोड दिएका हौँ ।

हामीले राज्यलाई कर तिरेको हिसाबले राज्यले हामीलाई सम्मान गरेको छ । तर, मदिरामा प्रत्येक वर्ष अत्यधिक कर बढाउँदा त्यसको मार उपभोक्तामा परेको छ । त्यस्तै, अत्यधिक करले विदेशी मदिराको आयात बढ्न सक्छ । त्यसो हुँदा मदिरामा सरकारले सन्तुलित कर नीति अपनाउनु उपयुक्त हुन्छ ।

सामाजिक उत्तरदायित्व
नेपाल लिक्वेर्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) बहन गर्ने कार्यमा पनि उल्लेख्य कामहरु गर्दै आएको छ । शिक्षा, खेलकुद, सांस्कृतिक क्षत्रेमा सहयोगका कामहरु गर्दै आएका छौँ । सविन राई साँस्कृतिक यात्रा हामीले धरान, झापा, विराटनगर, काठमाडौँलगायतका ठाउँमा आयोजना गर्याैँ । विराटनगर र टंकिसिनुवारीमा भएको सांस्कृतिक कार्यक्रमको हामीले प्रायोजन गरेका छौँ । त्यस्तै, महिनावारी हुने महिलाहरुलाई ध्यानमा राखेर सेनिटरी प्याड भेन्डिङ मेसिन माइती नेपाललाई हस्तान्तरण गरेका छौँ । विभन्न फुटबल क्लबहरुलाई हामीले प्रायोजन गर्ने गरेका छौँ ।

आगामी रणनीति
नेपाल लिक्वेर्सले सुपथ मूल्यमा उच्च गुणस्तरको मदिरा उत्पादन गरी आम उपभोक्तामाझ पुर्याउने प्रयास गरिरहेको छ । आजका दिनमा पनि नेपाल लिक्वेर्सले उत्पादन गर्दै आएको मदिरालाई आम उपभोक्ताले रुचाइदिनु भएको छ । एउटा इतिहास बोकेको ब्रान्ड भएकोले हामीले मदिराको गुणस्तरमा सम्झौता गरेका छैनौँ । आगामी दिनमा हामीले उत्पादन गर्ने मदिराको गुणस्तरलाई कायम राख्दै उत्पादनहरु बजारमा ल्याउने छौँ ।

(सिटौला नेपाल लिक्वेर्स प्रालिका महाप्रबन्धक हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *