कास्कीमा राहदानी वितरण स्थगित

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आज (आइतबार)देखि राहदानीको फाराम नलिने भएको छ । राहदानी विभागले अब राहदानी विद्युतीय प्रणालीमार्फत वितरण गर्ने तयारी गरेपछि कास्कीमा राहदानी वितरण स्थगित भएको हो ।

मंसिर १ गतेदेखि नै विद्युतीय राहदानी (इ–पासपोर्ट) जारी गर्ने गरी शुभारम्भ गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि अर्को सूचना नआएसम्म फाराम सङ्कलन नगर्न, नगराउन भनेको छ ।

‘मंसिर १ गतेदेखि विभागबाट विद्युतीय राहदानी जारी गर्ने कार्य प्रारम्भ भएको र छिट्टै जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका कार्यालयबाट समेत विद्युतीय राहदानी जारी गर्ने कार्य प्रारम्भ हुने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘त्यसका लागि दर्ता प्रणाली जडान गर्न र डाटा माइग्रेसन लगायत तयारी गर्नुपर्ने भएकोले अहिले फारम सङ्कलन नगर्नु नगराउनुहोला ।’ कास्कीमा जिल्ला प्रशासनसँगै लेखनाथ इलाका प्रशासन कार्यालय स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *