प्रचार भड्किलो भएपछि कांग्रेस कास्कीको प्रचारमा कडाइ 

पोखरा । नेपाली कांग्रेस कास्कीले अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । जिल्ला कार्यसमिति बैठक बसेर यस्ता सामग्रीले चुनाव खर्चिलो र राजनीतिक मर्म विपरीत भएको भन्दै सरल प्रचार गर्नुपर्ने निर्णय गरेको हो ।

‘पालिकाको चुनावमा मतपेटिकासम्मै प्रचार सामग्री थिए । जताततै टाँसिएका थिए,’ सभापति कृष्ण केसीले भने, ‘यसलाई कम खर्चिलो बनाउन उम्मेदवारसँग आग्रह गरेका छन् । मतदान क्षेत्रमा त्यस्ता सामग्री टाँग्न र वितरण गर्न रोक लगाउने निर्णय गरेका छौँ ।’

प्रचार टाँसे के कारबाही हुन्छ भन्ने उल्लेख छैन । अहिले कांग्रेसको चुनाव निकै खर्चिलो भएको स्वयं उम्मेदवारीहरुले नै स्वीकारेका छन् । अधिकांश हिस्सा प्रचारमा खर्च हुने गरेको महानगर समितिमा उम्मेदवारी दिएका एक उम्मेदवारले बताए ।

यो निर्णयले मतदान स्थलमा उम्मेदवारसँग सम्बन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि पाइने छैन भने ब्यानर प्रदर्शन समेत रोक लगाइएको छ । पार्टीको आन्तरिक निर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन यस्तो निर्णय गरेको केसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *