लमहीमा बस दुर्घटना, २९ जना घाइते

दाङ । दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेहरूमा काठमाडौँ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका-६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालिकोट निलागुफा-९ बस्ने २१ वर्षका बमबहादुर शाही र मुगुका २८ वर्षका धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *