केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कांग्रेस नेता घलेको घोषणा

पोखरा । नेपाली कांग्रेसका नेता हरिबहादुर घलेले आसन्न १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले अल्पसंख्यक तर्फ समावेशी समूहबाट उम्मेदवारी दिने घाेषणा गरेका हुन् ।

घले २ कार्यकाल गोरखाको जिल्ला सभापति भएर काम गरेका छन् । ‘म टीममा पर्छु कि पर्दिनँ थाहा छैन । तर उम्मेदवारी रहन्छ,’ मकालुखबरसँग उनले भने, ‘गुटमा म विश्वास गर्दिनँ । मैले गरेको कामको मूल्याङ्कन गरेर मत दिनुहुन्छ भन्ने विश्वास छ ।’

२०३७ सालमा नेविसंघबाट कांग्रेस राजनीतिमा छिरेका उनी २०४७ सालमा कांग्रेस जिल्ला सदस्य भएका थिए । उनी २०५४ मा जिविस उपसभापति भएर काम गरे भने कांग्रेसको जिल्ला कोषाध्यक्ष, सहसचिवका रुपमा काम गरे ।

अहिले उनी महासमिति सदस्य हुन् । उम्मेदवारी घोषणा गरेका घले मत माग्न जिल्ला दौडाहामा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *