बुर्तिबाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

पोखरा । बाग्लुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुर्तिबाङमा रोकिराखेको ग २ च ५९८० नम्बरको जिप अर्कै व्यक्तिले चलाउन खोज्दा दुर्घटना भएको हो ।

दुर्घटनामा चमानखोला गाउँपालिका २ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो । गाडी गुडेपछि नजिकै रहेका ६ जना घाईते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको बाग्लुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *