माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको डेबिट कार्ड सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरी  व्यापारिक सम्बन्ध स्थापना भएको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमबीच उक्त सहकार्यकाे सुरूवात भएकाे हाे ।

नेपाल विद्मुत प्राधिकरण,रत्नपार्कको प्राङ्गणमा भएको कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक अर्थ डिल्लिरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा औपचारिका उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेका यस श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले यस सहकार्यको मद्दतले अब डेबिट कार्ड प्रयोग गर्न सक्नेछन् ।

समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग अब बैंकिङ्ग क्षेत्रमा मात्र सीमित नरही सहकारीहरु पनि उक्तिकै प्राथमिकतामा राख्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *