सहरी क्षेत्रलाई समृद्धिको आधार बनाउन ‘भिजन पेपर’को तयारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपरको तयारीको कार्य अघि बढाएको जानकारी दिएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३० औं साधारण सभाको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता औँल्याउदै समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तिकरण मार्फत गरीवी न्यूनिकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहारी संस्थाहरुको योगदान महत्वपूण रहने विश्वास समेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकिकृत गर्ने, बृहद संञ्जालीकरण मार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सृजनाद्वारा उद्यमशीलताको प्रवर्द्धन गरी स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

सहकारी र वैँकबीच कानुनी, प्रशासनीक तथा सैद्धान्तिक रुपमानै अन्तर रहेकाले बचत तथा ऋण सहकारी तथा बहुउद्देश्य सहकारीहरु सामुहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामुहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहेता पनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै यसमा सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले बताइन् ।

उनले सहकारी आधारभुत मुल्य मान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण नागरिकको विश्वास र भरोसा घटिरहेको वर्तमान सन्दर्भमा संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने होकी भन्ने भइरहेकोले यस्तो अवस्था आउन नदिन सवै पक्ष लाग्नु पर्ने बताए ।

बचत तथा ऋण सहारी क्षेत्रमा नीतिगत कानुनी तथा व्यवहारिक समस्या छन्भने त्यसलाई हटाई साझा अवधारणा विकास गरी मन्त्रालय अघि बढ्न तयार रहेको पनि बताए ।

बचत तथा ऋण सहकारी संस्थाहरुलाई सिमान्तकृत समुदायमा विशेष कार्यक्रम मार्फत पहुँच स्थापित गर्न, बचत तथा ऋण सहकारी संस्थाहरुको एकीकरण मार्फत बलीयो संस्था बनाउन, कृषि, उत्पादनप्रति केन्द्रित गर्न र समग्र गुणस्तर कायम गर्न सबैको प्रयास आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको वित्तीय सुशासन कायम गर्न सहकारी विभाग मार्फत सञ्चालनमा ल्याइएको सहकारी सूचना प्रणालीमा निःशर्त आवद्ध हुने र सहकारी विभागमार्फत जारी निर्देशिका, मापदण्डहरुको अक्षरशः पालना गर्न आग्रह समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *