रोटरी क्लबद्वारा आजाद आधारभूत विद्यालयलाई सहयोग

काठमाडौं । दया फाउण्डेशनद्वारा सहयोग प्रदान गर्दै आईरहेको काठमाडाैँ लगन स्थित सरकारी विद्यालय आजाद आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।

रोटरीले २०७२ सालको भुकम्पले भौतिक संरचनाहरुमा क्षती पुर्याएको कारणले विद्यार्थीहरुलाई पठनपाठनमा कठिनाइ भैरहेको अवस्था, ‘रोटरी भूकम्प राहत कार्यक्रम इआरआरआरपी’ अन्तर्गत रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाण्डौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ ।

साथै क्लबले विद्यालयलाई डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरु समेत उपलब्ध गराएको छ ।

दया फाउण्डेशनका पूर्व अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर नीभा माथेमा प्रधान उक्त कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।

विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापनलाई नव निर्मित कक्षा कोठा संगै डेस्क, बेन्च, कम्प्युटर टेबल, कुर्सी, दराज तथा अन्य फर्निचरहरुको हस्तान्तरण गरिएको थियो

उक्त कार्यक्रममा आर्थिक सहयोग प्रदान गरेको रोटरी डिस्ट्रिक्ट , रोटरी क्लब काठमाडौँ मिड टाउन र दया फाउण्डेशनका प्रतिनिधिहरु लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, शिक्षकहरु, विद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको रोटरी क्लब अफ काठमाडौं मिडटाउनका सचिव अभिषेक राजले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *