पतञ्जलीका दुई टिभी च्यानल र समृद्धि कार्ड शुभारम्भ

काठमाडौँ । पतञ्जली योगपीठले सञ्चालनमा ल्याएका दुईवटा आध्यात्मिक टिभी च्यानलको काठमाडाैँमा उद्घाटन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको मण्डिखाटारस्थिति पतञ्जलीको नयाँ भवनबाट दुई टेलिभिजन च्यानल शुभारम्भ गरेका हुन् ।

आश्था टिभी नेपाल र पतञ्जली टिभी नेपाल नामका यी दुई स्याटेलाइट च्यानलबाट सामाजिक सुधार, शिक्षा, सन्देश, जागरण, स्वास्थ्य र अनुसन्धानमूलक कार्यक्रम, रामदेवका योग र आर्युवेदिक उपचारसम्बन्धी प्रसारण गरिने पतञ्जली योगपीठले जनाएको छ । आगामी साताबाट दुबै च्यानलको प्रसारण पूर्ण रुपमा हुने पतञ्जली याेगपीठले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवालले ‘स्वदेशी समृद्धि कार्ड’ को समेत शुभारम्भ गरेका छन् । उक्त कार्डमार्फत पतञ्जलीको सामान खरिद गर्दा ५ प्रतिशतसम्म छूट पाइने र यसमा ५ लाख रुपैयाँसम्मको बीमा हुने पिठले जनाएको छ ।

प्रधानमन्त्री  देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृति समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत उपस्थित उक्त कार्यक्रममाकार्ड लिँदा सुरुमा ५ सय रुपैयाँ व्यालेन्स प्रदान गरिने र सेवा केन्द्रबाट उक्त कार्ड रिचार्ज गर्न समेत मिल्ने पतञ्जलीले जनाएको छ । पतञ्जलीका उत्पादनहरु पतञ्जलीका बिक्री केन्द्रहरुबाट खरिद छुट पाइने र देशभरका सेवा केन्द्रबाट कार्ड लिन तथा रिचार्ज गर्न सकिने जनाइएको छ ।

कार्यक्रममा नेकपा माओवाी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *