वाणिज्य बैंकको निक्षेप ३५ अर्बले घट्यो, कर्जा प्रवाह ३६ अर्ब

काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । यो अवधिमा ‘क’ वर्गका यी बैंकहरुको कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २७ ओटा वाणिज्य बैंक मध्ये ८ वटा बैंकको निक्षेप संकलन बढेको छ । तर, अन्य बैंकको घटेको छ । कर्जाको माग पनि ७ ओटा बैंकमा घटेको भए पनि अन्य २० ओटा बैंकमा बढेको छ ।

बैंकहरुमा तरलता अभावका कारण कात्तिक महिनामा बैंकबाट कर्जाको माग बढेको र निक्षेप संकलन भने घटेको देखिएको छ ।

हाल वाणिज्य बैंकहरुमा रहेको कुल निक्षेप ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ छ । कर्जाको माग ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *