मुख्यमन्त्री शाहीले १४ गते विश्वासको मत लिने

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि भनेर आगामी १४ गते प्रदेश सभा अधिवेशन आह्वान गरेका छन् ।

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *