मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटीबीच साझेदारी

काठमाडौँ । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड-१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन् । स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले खाद्य र आधारभूत सरसफाइका सामग्रीहरू कञ्चनपुरका पूर्वहलियाहरूसमेत मोरङ र सप्तरीका २५० परिवारलाई समेत सहयोग गर्नै भएको छ ।

मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब ६ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई ह्याबिट्याट फर ह्युम्यानिटीले २ महिनाको लागि चामल, दाल, खाने तेल, नुन लगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू पनि उपलब्ध गराउने भएको छ ।

“कोभिड-१९ को महामारीबीच मेटलाइफले नेपालका परिवारहरूका आकस्मिक आवश्यकता सम्बोधन गर्नको लागि राहतका सामग्रीहरू वितरण गर्ने काम जारी राखेको जनाएको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले सबैभन्दा विपन्न र सीमान्तकृत परिवारहरूलाई सुरक्षित आश्रय निर्माण गर्न र कोभिड-१९ ले पारेको तत्कालीन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउने व्यवस्था पनि गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *