‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालनमा

काठमाडौँ । नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ।

जस अन्तर्गत बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ। ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्येको उच्च व्याजदर प्रदान गर्नेछ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समयानुकुल सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *