नेप्सेमा राताम्य, कारोबार रकम भने ६ अर्बबढी

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार(नेप्से) परिसूचक ३२.३९ अङ्कले घटेको छ ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर २७६९.१३ बिन्दुमा आइपुगेको पुगेको छ ।

सेन्सेटिभ परिसूचक ४.२५ अङ्कले बढेर ५२१.१८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक घटेका छन् ।

बिहीबार २ सय २४ कम्पनीका ९८ लाख ६२ हजार ९ सय ४० कित्ता सेयर ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रुपैयाँमा खरिदबिक्री भएको छ ।

यसदिन मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *