शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरूको ५ लाख बराबरको दुर्घटना बिमा

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानहरूमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत् हस्तान्तरण गरेको छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेको भन्दै जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको जनाएको छ । सिमेन्टले देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको थियो ।

पहिलो चरण अन्तर्गत हालसम्म काठमाडौँ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरुको जोखिम बिमा गराई सकेको कम्पनी प्रतिनिधि बताएका छन् ।

उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरूसँगको समन्वयमा यस अन्तरक्रिया तथा नि:शुल्क बिमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ । यो सँगै शिवम् सिमेन्टले निरन्तर रूपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *