सिभिल बैंकको अध्यक्षमा पाण्डे

काठमाडौँ । सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । बुधबार बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले संचालक पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि बैंकका अध्यक्ष रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सिभिल सहकारीको ठगी मुद्दामा परेपछि बैंक सञ्चालक समितिले पाण्डेलाई नयाँ अध्यक्षका रुपमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सबै पक्षको सहयोगको अपेक्षा गर्दै उनले बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुले उच्च मनोवल राखेर काम गरी बैंकलाई थप सबल र समृद्घ बनाउन लाग्नु पर्ने बताए ।

शेयरधनीलगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *