सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंक छैटौँ पटक सम्मानित

काठमाडौं । सबैभन्दा बढी आयकर तिर्नेमा नबिल बैंक छैटौँ पटक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आयोजित एक समारोहमा नविल बैंकलाई बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट आर्थिक वर्ष २०७६/२०७७ मा सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने बैंकका रुपमा आन्तरिक राजस्व विभागले सम्मान गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो । विभागले बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको छ ।

पछिल्लो १० वर्षमा छैटौँ पटक बैंकहरुतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको हो । नबिल बैकले व्यापार प्रबर्द्धन, रोजगारी सिर्जना र कर भुक्तानी मार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको बैंले विज्ञप्ती जारी गरेर जनाएको छ ।

बैंकका अनुसार नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । यो बैंकको कुल पुँजीको १ दशलमव १६ गुणा बढी हो ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *