अपर स्याङ्गे हाइड्रोपावरकाे सेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

काठमाडौँ । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयरको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार भएको कम्पनीले जनाएको छ । सम्झौतामा अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष वीरबहादुर घले तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका–४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले शेयर निष्काशनको अनुमतीको लागि विद्युत् नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष वीरबहादुर घलेले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *