लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउन्टर
२०७८ मंसिर १ गते

काठमाडौँ । लक्ष्मी बैंकले आठौँ एक्स्टेन्सन काउन्टर जनकपुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।
यसका साथै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यो एक्स्टेन्सन काउन्टरको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने विश्वास लिएको छ ।
२०७८ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








