नेप्से १६ अकंले बढ्यो, कारोबार रकम सवा ७ अर्ब

काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार (नेप्से)परिसूचक १६.९५ अङ्कले बढेको छ ।

बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.६१ प्रतिशतले बढेर २८०१.५२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ सुचक घटेको छ भने अन्य बाँकी सबै सूचक बढेका छन् ।

बुधबार २ सय २४ कम्पनीका १ करोड १९ लाख ४३ हजार ८ सय ५८ कित्ता सेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८ सय २० रुपैयाँमा खरिद, बिक्री भएको छ ।

यस दिन पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र उपर तामाकोशी हाइड्रोपावर लिमिटेड सेयर मूल्य १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको सेयर मुल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *