कर विवादका मुद्दा जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुस् : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर विवादका मुद्दा गुपचुप नराखी सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

वास्तविक करदाता पेशा व्यवसायी नभई जनता भएको भन्दै उनले कर विवाका मुद्दा समेत जनताले थाहा पाउनुपर्ने बताए । १० औं राष्ट्रिय कर दिवस २०७८ का अवसरमा आयोजना गरिएको कर दिवस समारोहमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले भएका कर विवादका मुद्दाहरु जनताले थाहा पाउने गरी सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै, कर चुहावट वा छलीको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था कार्यान्वयनमा ल्याउन समेत उनले निर्देशन दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *