स्वास्थ्य शिक्षा सेवाबाट सबैभन्दा बढी कर तिर्ने नोबेल मेडिकल कलेज सम्मानित

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो ।

१० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिj मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे । कार्यक्रममा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरुलाई पनि सम्मानित गरिएको थियो ।

योसँगै नोबेल दुई पटक मूलुकको उत्कृष्ट करदाता बनेको छ । यसअघि आर्थिक बर्ष २०७३/०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो ।

दोस्रो पटक पनि मूलुकको उत्कृष्ट करदाता बनेपछि प्रतिक्रिया दिँदै नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले यो पटक पनि राज्यलाई बढी कर तिर्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *