नक्कली अन्तःशुल्क स्टिकर टाँस्ने दुई मदिरा उद्योगविरुद्ध मुद्दा

काठमाडौँ। राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकरको कारोबार गर्ने दुई डिष्टिलरीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागले क्रिष्टल बोटलर्स प्रालि र माउन्ट एभरेष्ट डिष्टीलरी प्रालिविरुद्ध उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको हो।

उक्त दुई कम्पीले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर उत्पादित मदिराका बोतलमा प्रयोग गर्ने गरेको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।

५ करोड ५६ लाख रुपैयाँ बिगो रकमको माग दाबी सहित विभागले अदालतमा मुदद्दा दायर गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उत्पादन प्लान्ट राखेको क्रिष्टलका सञ्चालक फुलसिंह क्षेत्रीलाई प्रहरीले उक्त नक्कली स्टिकर प्रकरणका मुख्य अभियुक्त भएको बताएको छ । त्यसैगरी माउन्ट एभरेष्ट डिष्टिलरीका संचालक मृगेन्द्र गोविन्द श्रेष्ठ र रुपन्देही सिद्धार्थनगर नगरपालिका मोहम्मद सहिद अन्सारीलाई पनि विभागले अभियुक्त भएको बताएको छ ।

यी दुई कम्पनीका गरी कुल १२ जनाविरुद्ध विभागले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *