विद्युतीय उपकरणबाट हुने भुक्तानी बढ्यो

काठमाडौँ । पछिल्लो समय विद्युतीय उपकरणबाट हुने भुत्तानी (डिजिटल ट्रान्जेक्सन) बद्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार असोज महिनामा डिजिटल उपकरणहरु क्युआर कोड, वालेट, ईकमर्श, मोबाइल बैंकिङ जस्ता उपकरणबाट हुने भुक्तानी कारोबार बढेको हो ।
असोज महिनामा क्युआर कोडमार्फत हुने भुक्तानी रकम बढेर ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ पुगेको छ । भदौ महिनामा यो रकम ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ थियो ।

त्यस्तै, मोबाइल वालेटबाट हुने भुक्तानी समेत अनुसार महिनामा बढेर १५ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । भदौ महिनामा यस्तो भुक्तानी १४ अर्ब ५ करोड २० रुपैयाँ रहेको थियो ।

त्यस्तै, ई–कमर्शमार्फत ४५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, मोबाइल बैंकिङमार्फत हुने कारोबार असोज महिनामा ८७ अर्ब रुपैयाँ पुगेको छ । भदौ महिनामायस्तो कारोबार रकम ७४ अर्ब ७३ करोड २० लाख रुपैयाँ रहेको थियो ।

असोज महिनामा कनेक्ट आईपीएसबाट हुने कारोबार रकम समेत बढेर २ अर्ब ९१ अर्ब ४ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *