वैदेशिक राेजगारी : ७ प्रतिशतले घट्यो रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा (साउनदेखि असोजसम्म)मा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ७.६ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेकाे तथ्यांक अनुसार यस अवधिमा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स रकम देश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।

यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

यस अवधिमा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३ सय १६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.२६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *