नेप्से ६९ अंकले बढ्याे, कारोबार रकम साढे ५ अर्बमाथि

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार (नेप्से) परिसूचक ६९.२२ अङ्कले बढेको छ ।

मंगलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.५५ प्रतिशतले बढेर २७८४.५८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ बिन्दुमा पुगेको छ ।

मगंलबार २ सय २७ कम्पनीका १० लाख ९३ हजार २ सय २१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८ सय ५६ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यसदिन नेपाल बंगलादेश बैंक लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाईड्रोपावर कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *