विद्युतीय सवारी र चुलो प्रयोगमा सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् खपत बढाउन विद्युतीय सवारी साधन सञ्चालन र विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गरिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले मंगलबार आयोजना गरेको २० औँ साधारणसभा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

‘हामीले किन यो ग्यासको चुलो बाल्ने ?,’ उनले भने, ‘हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्छौँ। हाम्रो चुलो पनि इलेक्ट्रिक चुलो हुन सक्छ। हामी बिस्तारै यता जानुपर्छ।’

प्रधानमन्त्री देउवाले विद्युतीय सामग्रीको प्रयोगलाई ब्यापक रुपमा विस्तार गरी देशलाई विद्युतीय सामग्री प्रयोग गर्ने देशको रुपमा नमुना देश बनाउनु पर्ने बताए । देशभर विद्युतीय बस चलाउन सके पनि नेपालले इन्धन खपतबाट खर्च गर्न पैसा जोगिने उनको भनाई छ ।

विद्युतीय सवारी साधन, विद्युतीय चुलो लगायत विद्युतीय उपकरणको प्रयोगलाई विस्तार गर्ने क्षेत्रमा लगानी गर्न आउने उद्योगी व्यवसायीलाई सहयोग गर्न आफू तयार रहेको नले बताए ।

जलविद्युत् आयोजनाहरुको अनुमति लिने तर काम नगरी प्रवृत्तिको अन्त्य गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *