तनहुँबाट १० बन्दकर्ता पक्राउ

पोखरा । पेट्रोलियम मुल्य बृद्धी विरुद्ध नेपाल बन्दको आयोजना गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गण्डकीका विभिन्न जिल्लामा बन्द सफल पार्न चोकचोकमा बसेर प्रदर्शन गरेका छन् । उनीहरुले राजमार्गहरुमा टायर बाल्नेदेखि गाडी चालकहरुलाई त्रसित बनाउनेक ाम गरिरहेका छन् ।

बन्द गर्न हिडेका १० कार्यकर्तालाई तनहुँबाट पक्राउ गरिएको छ ।

बिहान करिब साढे ५ बजे पार्टीका जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओमविक्रम पन्तलगायत नेता कार्यकर्ता दमौली ट्राफिक चोकबाट पक्राउ परेको नेकपाले जनाएको छ ।

शान्तिपूर्ण बन्दको तयारीकै बीच पक्राउ गरिएको भन्दै तत्काल रिहाईको माग नेकपाले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *